Nic Ad Nic Ad
Nic Ad Nic Ad

उपनिर्वाचनको मौन अवधि भोलि राति १२ बजेबाट सुरु हुँदै

बुधबार, वैशाख ६, २०८०

काठमाडौं –उपनिर्वाचनको मौन अवधि बिहीबार राति १२ बजेबाट सुरु हुँदैछ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालकाअनुसार बिहीबार राति १२ बजेबाट मौन अवधि सुरु भएपछि प्रचारप्रसार गर्न नपाइने छैन ।

निर्वाचन आचार संहता अनुसार उपनिर्वाचनका लागि बिहीबार राति १२ बजेसम्म मात्रै गर्न पाइन्छ ।

निर्वाचन हुनुभन्दा ४८ घण्टाअघिबाट प्रचारप्रसार गर्न निषेध गरिएको छ । आउँदो वैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदै छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  १३:५४
प्रतिक्रिया दिनुहोस्