नेभिगेशन
समाज विविध

राष्ट्रपति पौडेलको उपचार दिल्लीको एम्स अस्पतालमा सुरु

काठमाडौ–राष्ट्रपति रामचन्द्र पौडेलको उपचार भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा सुरु भएको छ ।

राष्ट्रपति पौडेललाई बुधबार बिहान श्रीएयरको एयर एम्बुलेन्सबाट भारत लगिएको थियो । दिल्ली पुग्ने बित्तिकै उनको उपचार एम्समा सुरु भएको हो ।

त्रिवि शिक्षण अस्पतालमा पटक पटक उपचार गराउँदा सुधार नभए पछि परिवारका सदस्य र चिकित्सकहरूको सल्लाहमा उनलाई थप उपचारका लागि भारत लगिएको हो ।

राष्ट्रपति पौडेलको छातीमा संक्रमण देखिएको छ । राष्ट्रपति पौडेलसँग निजी चिकित्सक डा. निरज बम, परिवारका सदस्य र ७ जना चिकित्सकको टोली पनि भारत गएको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध