Nic Ad Nic Ad
Nic Ad Nic Ad

नया वर्षमा बेनेलीको मोटरसाइकल र स्कुटरमा धमाकेदार अफर

बुधबार, वैशाख ६, २०८०

काठमाडौं–बेनेलीको आधिकारिक बिक्रेता केटिएम इन्टरनेशलन ट्रेडिङले नयाँ वर्ष २०८० को अवसरमा ‘नयाँ सफर दमदार अफर’ योजना ल्याएको छ । यो अफर बेनेली मोटरसाइकल र स्कुटरमा लागु हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस अफरमा ग्राहकहरुले ६० हजार रुपैयाँसम्म छुट पाउन सक्नेछन् । यसमा नगद छुट, बेनेली ब्राण्डको हेल्मेट, २०८०/८१ को वार्षिक सडक कर सहुलियत तथा अन्य आकर्षक उपहारहरु हुने कम्पनीले जानकारी दिएको छ ।

यस अफरबाट तीन फाइदा लिन सकिने कम्पनीले जनाएको छ । यसमा ३५ हजार नगद छुट पाइनेछ । साथै, १२ हजार रकम बराबरको बेनेलीको हेल्मेट निःशुल्क पाइने कम्पनीले जनाएको छ ।

यसैगरी, २०८०÷८१ को वार्षिक सडक कर सहुलियत (सरकारी नियम अनुसार) तथा आकर्षक उपहारहरु पनि उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।

बेनेली नेपालले विभिन्न सात मोडलका बाइकहरु बिक्री गर्दै आइरहेको छ । जसमा टीएनटी १५ कम्प्युटरबाट चेक गर्न सकिने फिचर भएको बाइक हो । टीएनटी १५० आईमा राम्रो बनावट, आकर्षक लुक्स, डाउन फोक्र्स र इएफआई सिष्टम उपलब्ध छ ।

यस्तै, १८० एस र टीएनटी २५१  ग्राहकको रोजाई अनुसार मनोरञ्जन र साहासिक यात्राको लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ । ३०१ एस विशेष डिजाइन सहित दुईवटा इञ्जिनले युक्त छ ।

टीएनटी ६०० आई यो मोटरसाइकल चार सिलिण्डरयुक्त छ । ७२५ एस यसमा बढी पावरयुक्त इञ्जिनको क्षमता छ । यो महंगो बाइकहरुमा पर्छ ।

यी मोडलहरुको मूल्य २ लाख ६४ हजारदेखि २५ लाख १५ हजार रुपैयाँसम्म रहेको छ । कम्पनीले अहिले नेपालमा नै यसको एसेम्बल गरी बिक्री गरिरहेको छ ।
 

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  १४:४०
प्रतिक्रिया दिनुहोस्