नेभिगेशन
समाचार

गठबन्धनका शीर्ष नेता भोलि बारामा चुनावी सभालाई सम्बोधन गर्ने

काठमाडौं –बारा–२ मा हुने उपनिर्वाचनको अन्तिम प्रचारप्रसार गर्न सत्तारुढ दलका शीर्ष नेताहरू बारा जाने भएका छन् ।  

बाराको गढीमाई मन्दिरको प्राङ्गणमा बिहीबार हुने चुनावी सभालाई सम्बोधन गर्न शीर्ष नेताहरू जान लागेका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर बारा जाँदैछन् ।

सभालाई पाँचवटै दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । जसपाका अध्यक्ष उपेन्द्र यादव सत्ता गठबन्धनको तर्फबाट बारा–२ मा उम्मेदवार छन् । सभालाई उनले पनि सम्बोधन गर्ने कार्यक्रम छ । पाँच दलीय गठबन्धन बाराले विज्ञप्ति जारी गरी चुनावी सभामा सहभागी हुन सबैलाई अपिल गरेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार