Nic Ad Nic Ad
Nic Ad Nic Ad

एसीसी प्रिमियर कप : कुवेतविरुद्ध यूएई १४३ रनले विजयी

बुधबार, वैशाख ६, २०८०

काठमाडौं –एसीसी प्रिमियर कपमा युनाइटेड अरब इमिरेट्स (यूएई)ले सुखद् सुरुआत गरेको छ । समूह ‘बी’को खेलमा यूएईले बुधबार कुवेतविरुद्ध १४३ रनको फराकिलो जित निकाल्यो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले प्रस्तुत गरेको ३७२ रनको विशाल योगफल पछ्याउने क्रममा कुवेतले ३६.३ ओभरमा सबै विकेट गुमाएर २२८ रनमात्र बनाउन सक्यो ।

त्यसअघि, भ्रित्या अरविन्द र रोहन मुस्तफाले शतक प्रहार गरेपछि टस हारेर ब्याटिङमा उत्रिएको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३७१ रनको योगफल खडा गरेको थियो ।

२४–३ को दयनीय अवस्थाबाट अरविन्द र रोहनले चौथो विकेटका लागि २७५ रनको सानदार साझेदारी गर्दै यूएईलाई विशाल योगफलसम्म डोहो¥याएका थिए ।

प्रतियोगिताको समूह ‘बी’मा रहेका यी दुवै टिमको यो पहिलो खेल हो । यसै वर्ष पाकिस्तानमा हुने तालिका रहेको एसिया कपको छनोट प्रतियोगिताको रूपमा रहेको प्रिमियर कपमा कूल १० टिम सहभागी छन् । सहभागी टिमलाई एक समूहमा पाँच टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ ।

जसको समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । यस्तै, समूह ‘ए’ मा ओमान, मलेसिया, साउदी अरेबिया र कतार छन् ।

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  १६:४४
प्रतिक्रिया दिनुहोस्