Nic Ad Nic Ad
Nic Ad Nic Ad

वीरका डाक्टर भन्छन्–राष्ट्रपतिलाई भारत किन लगियो, उपचार नेपालमै सम्भव थियो

बुधबार, वैशाख ६, २०८०

काठमाडौं– छातीमा पानी जमेपछि राष्ट्रपति रामचन्द्र पौडेल अहिले भारतमा उपचाररत छन् । बुधबार राष्ट्रपति पौडेललाई श्री एयरलाइन्सको एयर एम्बुलेन्सबाट नयाँ दिल्लीस्थित अल इन्डिया इस्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) लगिएको हो ।

छातीमा संक्रमण देखिएपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार निगरानीमा रहेका राष्ट्रपति पौडेल सोमबार नियमित फलोअपमा अस्पताल गएका थिए । त्यही दिन छातीमा जमेको पानी निकालेर परीक्षण गरिएको थियो । प्रारम्भिक परीक्षणमा संक्रमणबाहेक अन्य अवस्था सामान्य देखिएको थियो ।

मंगलबार भने राष्ट्रपतिलाई रिंगटा लागेर बेहोस जस्तै भएपछि पुनः अस्पताल भर्ना गरेर चिकित्सकको निगरानीमा राखिएको थियो ।

उनलाई देखिएको संक्रमणको समस्या लामो समयसम्म एन्टिबायोटिक्स सेवन गर्दा पनि निको नभएर थप जटिल बन्दै गएपछि परिवार र चिकित्सकहरुको सल्लाहमा भारत लैजाने निर्णय भएको थियो ।

राष्ट्रपतिमा देखिएको स्पास्थ्य समस्याको निदान नेपालमै सम्भव रहेको वीर अस्पतालका एक वरिष्ठ चिकित्सकले बताएका छन् ।

अस्पतालका वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्राडा. अनिल बरालले वीर अस्पतालमा दक्ष जनशक्ति हुँदाहुँदै राष्ट्रपति पौडेललाई उपचारका लागि विदेश किन लगिएको भन्दै प्रश्न गरेका हुन् । 

‘एम्सबाटै छाती रोग विषयमा डीएम उपाधि हासिल गरेका ३ जना वरिष्ठ कन्सल्ट्यान्ट वीर अस्पतालमा कार्यरत हुनुहुन्छ । स्रोत र साधन पनि अहिले राम्रै छन्,’ उनले सामाजिक सञ्जाल ट्व्टिरमा भनेका छन्, ‘के कारणले विदेश लान परेको हो ? देशले थाहा पाउनुपर्ने हैन र ? हामी त सँधै कोही र केही नहुनेलाई मात्र हेर्ने डाक्टर भैयो छ्या !’ 

Capture1681905653.JPG


 

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  १७:४४
प्रतिक्रिया दिनुहोस्