नेभिगेशन
खेलकुद
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल

‘ए’ डिभिजन लिग : पुलिसलाई हराउँदै जावलाखेल शीर्ष स्थानमा

काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ‘ए डिभिजन लिग फुटबल प्रतियोगितामामा जावलाखेल युथ क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।

बुधबार ललितपुरको च्यासल मैदानमा भएको खेलमा जावलाखेलले पुलिसलाई ६–१ गोल अन्तरले पराजित गरेको हो । 

खेलमा जावलाखेलका लागि फोडे फोफानाले २९ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । जावलाखेलका हिसुब थपलियाले ५० र ८२ औं मिनेटमा गोल गरे भने एनकोटो मासोबीले ६५ र ७२ औं मिनेटमा गोल गरे । 

त्यस्तै, अब्दुलाजिज निशोनवाबले ६५ औं मिनेटमा गोल गरे । पुलिस क्लबका तर्फबाट एकमात्र गोल मोसेस टिवुमले खेलको ८८ औं मिनेटमा गरेका थिए । जितसंगै जावलाखेलले २० अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । पुलिस ५ अंकसहित अंक तालिकाको पुछारमा छ ।

त्यस्तै बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा विभागीय नेपाल एपिएफ फुटबल क्लबले साविक विजेता मछिन्द्र फुटबल क्लबलाई पराजित गरेको छ। अर्मान्ड विडोमको निर्णायक गोलमा एपिएफले मछिन्द्रलाई १–० ले पराजित गरेको हो । 

अर्मान्डले ३९ औं मिनेटमा एकमात्रै निर्णायक गोल गरेका थिए । जितसँगै एपिएफ १० खेलबाट १४ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । पराजित मछिन्द्र १३ अंक जोडेर नवौं स्थानमा झरेको छ।

a division leauge chart baisakha 61681916285.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद