Nic Ad Nic Ad
Nic Ad Nic Ad

स्पेनका निर्वासित पूर्वराजा दोस्रो पटक स्वदेश फर्किए

बिहीबार, वैशाख ७, २०८०

भिगो– स्पेनका पूर्वराजा जुआन कार्लोस सन् २०२० मा युएईको अबुधाबी बसाइँ सरेपछि दोस्रो पटक बुधबार स्वदेश फर्किएका छन् । 

च्याम्पियन्स लिगमा चेल्सीविरुद्ध रियल म्याड्रिडको २–० को जितमा सहभागी हुन उनी लन्डनबाट निजी विमानमा उत्तरपश्चिमी स्पेनको भिगो आइपुगेका हुन् । 

युएईमा स्वनिर्वासित जीवन बिताएपछि स्पेन फर्कने पहिलो यात्राका क्रममा सन् २०२२ को मे महिनामा उहाँ नजिकैको सान्जेनक्सो रिसोर्टमा बसेका थिए । 

शाही दरबार र स्पेनको बामपन्थी सरकारले भ्रमणबारे कुनै टिप्पणी गरेनन् भने सरकारका प्रवक्ता इसाबेल रोड्रिग्वेजले ‘यस विषयमा आफूले केही नभनेको बताएका छन् । 
‘यो पूर्वराजाको व्यक्तिगत निर्णय हो,’ उनले भने ।
 
गत वर्षको भ्रमणमा विशेष गरी बामपन्थी दलहरूले उनले २०१४ मा गरेको निर्णय आफ्नो छोरा फिलिपको पक्षमा भएको प्रचार गरेका थिए । एक टेलिभिजन पत्रकारले आफ्नो व्यवहारको व्याख्या गर्ने कि नगर्ने भनेर सोध्दा उनले केकालागि स्पष्टीकरण दिने भनेर प्रतिप्रश्न गरेका थिए । 

पूर्वराजा यसपटक अझ बढी विवेकशील हुने अपेक्षा गरिएको छ । 

मार्च २०२२ मा स्पेनी अभियोजकहरूले अनियमितताहरू फेला परेको बताए पनि अपर्याप्त प्रमाण र सीमितताको कानुनका कारण उनको वित्तीय अनियमिततासम्बनधी तीन वटा अनुसन्धान बन्द गरेका छन् ।
 
सन् १९७५ मा लामो समयदेखि तानाशाह जनरल फ्रान्सिस्को फ्रान्कोको मृत्युपछि स्पेनको प्रजातन्त्रमा रूपान्तरणमा उनको भूमिकाका लागि सम्मानित उनको भाग्यमा अस्पष्ट आरोप (खुलासा) ले अपूरणीय क्षति पुर्याएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  ०५:५६
प्रतिक्रिया दिनुहोस्