इन्टर १३ वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा
काठमाडौँ– इटालियन क्लब इन्टर मिलान १३ वर्षपछि च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
गएराति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा पोर्चुगिज क्लब बेन्फिकासँग ३–३ गोलको बराबरी खेले पनि समग्रमा ५–३ ले विजयी हुँदै इन्टर सन् २०१० पछि पहिलोपटक अन्तिम ४ मा पुगेको हो ।
पहिलो लेगमा इन्टरले उसकै घरेलु मैदानमा बेन्फिकालाई २–० ले हराएको थियो ।
घरेलु मैदानमा भएको दोस्रो लेगमा इन्टरका लागि निकोलो बरेला, लाउटरो मार्टिनेज, जोवाक्विन कोरेयाले १–१ गोल गरे ।
बेन्फिकाका फ्रेडरिक और्सनेस, एन्टोनियो सिल्भा र पिटर मुसाले१–१ गोल गरेका थिए ।
सन् २०१० मा उपाधि जितेयता इन्टर सेमिफाइनलमा पुग्न सकेको थिएन ।
अब ३ पटकको विजेता इन्टरले फाइनल प्रवेशका लागि ७ पटकको विजेता इटालीकै एसी मिलानसँग खेल्नेछ । यसलाई च्याम्पियन्स लिगका मिलान डर्बीको रूपमा लिइएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८० ०७:५५
प्रतिक्रिया दिनुहोस्