नेभिगेशन
खेलकुद

लखनऊको रोमाञ्चक जित, हारका बाबजुद राजस्थान शीर्ष स्थानमा कायमै

काठमाडौँ– लखनऊ सुपर जायन्ट्सले भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा राजस्थान रोयल्समाथि रोमाञ्जक जित निकालेको छ ।

गएराति सवाई मानसिंह रंगशाला, जयपुरमा भएको खेलमा साविक विजेता लखनाऊले घरेलु टोली राजस्थानमाथि १० रनको रोमाञ्चक जित निकालेको हो ।

छैटौँ खेलमा चौथो जित निकालेको लखनाऊ दोस्रो स्थानमा कायमै छ । तेस्रो स्थानको चेन्नाई सुपर किंग्ससँग २ अंकको दूरी बढाएको छ । यसअघि लखनाऊ रनरेटले मात्र अघि थियो । अब लखनाऊको ८ अंक भएको छ ।

यता, हारका बाबजुद राजस्थान समान अंक भए पनि लखनाऊलाई रनरेटमा पछि पार्दै शीर्ष स्थानमा कायमै छ ।

हेरौँ स्कोर कार्ड : 

ipl1681961278.JPG  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप खेलकुद