Nic Ad Nic Ad
Nic Ad Nic Ad

च्याम्पियन्स लिगको सेमिफाइनल समीकरण पूरा : रियलको भेट सिटीसँग, मिलान डर्बी सुनिश्चित

बिहीबार, वैशाख ७, २०८०

काठमाडौँ– युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

गएराति इंग्लिस क्लब म्यानचेस्टर सिटी र इटालियन क्लब इन्टर मिलान सेमिफाइनलमा पुगेसँगै समीकरण पूरा भएको हो ।

फाइनल प्रवेशका लागि अब स्पेनिस क्लब रियल म्याड्रिड र सिटी भिड्नेछन् । यो खेलको पहिलो लेग आगामी मे ९ मा साविक विजेता रियलको मैदानमा हुनेछ । यस्तै, दोस्रो लेग सिटीको मैदानमा मे १७ मा हुनेछ ।

सर्वाधिक १४ पटकको विजेता रियल च्याम्पियन्स लिगमा अनुभवी छ । यता, उच्च लयमा रहेको सिटी पहिलो उपाधि जित्ने दाउमा छ । यसर्थ, यी दुईबीचको खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने विश्वास गरिएको छ ।

गत संस्करण सेमिफाइनलमा पनि यी दुई टोली भिडेका थिए । जसमा रियलले बाजी मारेको थियो । यसर्थ, यो पाली सिटी बदला लिने दाउमा हुनेछ । 

Inter Milan vs AC Milan: Lineups & LIVE updates | Goal.com US  

यसैगरी, अर्को सेमिफाइनलमा दुई इटालियन क्लब एसी मिलान र  इन्टर मिलान भिड्नेछन् । यसलाई मिलान डर्बीको रूपमा पनि लिइएको छ । यी दुई क्लब इटालियन फुटबलका कट्टर प्रतिद्वन्द्वी हुन् । यसर्थ, यो खेल रोमाञ्चक हुने विश्वास गरिएको छ । अझ भनौँ फिजिकल खेल हुने अपेक्षा गरिएको छ । 

यी दुईबीचको पहिलो लेग मे १० मा मिलानको मैदानमा हुनेछ । यस्तै, अर्को लेग मे १६ मा इन्टरको मैदानमा हुनेछ । मिलान सात पटकको विजेता हो । यसैगरी, इन्टरले भने यो उपाधि तीन पटक जितेको छ । 

च्याम्पियन्स लिगको फाइनलमा एउटा इटालियन क्लब हुने निश्चित छ । फाइनल भने जुन १० मा टर्कीमा हुने तय छ । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १०:०३
प्रतिक्रिया दिनुहोस्