Nic Ad Nic Ad
Nic Ad Nic Ad

एनआईसी एशिया बैंकको तेस्रो त्रैमासिक वित्तीय नतिजा प्रकाशित

बिहीबार, वैशाख ७, २०८०

काठमाडौं –एनआइसी एशिया बैंक लिमिटेडले चालू आ.व. २०७९/८० को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । 

बैंकिङ्ग क्षेत्रको विभिन्न वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् । यस बैंकले आ.व. २०७९/८० को तेस्रो त्रैमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम २७७.७ अर्ब रुपैयाँ पु¥याउन सफल भएको छ । साथै, निक्षेपतर्फ कुल निक्षेप संकलन ३१६.५५ रुपैयाँ अर्ब पु¥याउन बैंक सफल भएको छ । बैंकले यस त्रैमाससम्ममा खुद मुनाफातर्फ ४.०१ अर्ब रुपैयाँ आर्जन गर्न सफल भएकोे छ, जुन वार्षिक विन्दुगत आधारमा ११ प्रतिशतको वृद्धि हो ।

यसैगरी बैंकको स्व–पूँजीमा प्रतिफल २०.१७ प्रतिशत रहेको छ । साथै, यस बैंकले वार्षिक प्रति शेयर आम्दानी ४६.७६ रुपैयाँ आर्जन गर्न बैंक सफल भएको छ । 

स्व–पूँजीमा प्रतिफल र प्रति शेयर आम्दानी २१ वटै बाणिज्य बैंकहरूमध्ये अग्रणी रहेको अनुमान बैंकले गरेको छ । बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जा अनुपातलाई तेस्रो त्रैमाससम्ममा ०.८५ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ ।

बैंकले आ.व. २०७९÷८० को तेस्रो त्रयमाससम्ममा ४.८ लाखभन्दा बढी नयाँ ग्राहकहरू थप गर्दै ३७ लाखभन्दा बढी ग्राहक महानुभावहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ । 

यसै त्रयमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८७ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका समग्र वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ ।

एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । 


 

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  ११:२०
प्रतिक्रिया दिनुहोस्