Nic Ad Nic Ad
Nic Ad Nic Ad

युक्रेनको वैदेशिक व्यापार घट्यो

बिहीबार, वैशाख ७, २०८०

किभ– युक्रेनको वैदेशिक व्यापार सन् २०२३ को पहिलो त्रैमासिकमा वार्षिक ७ प्रतिशतले घटेर २५.८ बिलियन अमेरिकी डलर पुगेको छ ।  

राज्य भन्सार सेवाले बुधबार दिएको जानकारी अनुसार जनवरी–मार्चमा युक्रेनको निर्यात कुल १०।३ बिलियन डलर र आयात १५.५ बिलियन डलर रहेको छ । 

खाद्यान्न उत्पादनहरूले  पहिले त्रैमासिकमा युक्रेनको निर्यात आम्दानीमा सबैभन्दा ठूलो योगदान पुर्याएएको र त्यसपछि धातु उत्पादनहरू, मेसिनहरू, उपकरणहरू, र यातायात लगायतका क्षेत्रले योगदान  दिएको जनाइएको छ । 

मुख्यरूपमा आयात हुने वस्तुहरूमा मेसिन, उपकरण, यातायात, इन्धन, र रसायनहरू लगायतका वस्तुहरू छन् । गत वर्ष युक्रेनको वैदेशिक व्यापार २९.६ प्रतिशतले घटेर ९९.७ अर्ब डलर पुगेको थियो ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १३:३५
प्रतिक्रिया दिनुहोस्