गढिमाइमा सुरु भयो सत्ता गठबन्धनको चुनावी आमसभा
बारा–बाराको गढिमाइ– ४ मा पाँच दलीय सत्ता गठबन्धनको बृहत आमसभा सुरु भएको छ ।
बैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट जसपा अध्यक्ष उपेन्द्र यादव उम्मेदवार छन् ।
गढिमाइ मन्दिरको प्राङ्गणमा आमसभा राखिएको छ । आमसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेर बहादुर देउवा, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, लोसपा अध्यक्ष महन्थ ठाकुरले सम्बोधन गर्ने कार्यक्रम छ ।
काठमाडौबाट एउटै हेलिकप्टर चढेर पाँच वटै दलका शीर्ष नेताहरू केही बेरमा कार्यक्रम स्थलमा आउँदै छन् ।
यस्तै बाराको निर्वाचन क्षेत्र २ मा प्रमुख प्रतिपक्षी दलका नेताहरू पनि चुनाबी आमसभा सम्बोधन गर्न बारा आएका छन् ।
एमाले अध्यक्ष केपि शर्मा ओली, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, जनमत पार्टिका सिके राउत र रास्वपाका नेताहरु पनि आमसभा सम्बोधन गर्न बारा पुगेका छन् ।