Nic Ad Nic Ad
Nic Ad Nic Ad

यसरी भाँच्चियो भेरी नदीमा बेलिब्रिज

बिहीबार, वैशाख ७, २०८०

सुर्खेत– जाजरकोट–डोल्पा सडक खण्डअन्तर्गत जाजरकोटको तल्लुबगर र रुकुम पश्चिमको आठबीसकोट जोड्ने भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिएको छ ।
बेलिब्रिज भाँचिदा २ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । बेलिब्रिज भाँचिदा त्यहाँ काम गरिरहेका दुई जना कामदारको मृत्यु गएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ  ।
नलगाढ नगरपालिका १२ मा पर्ने उक्त पुल भाँचिएपछि अहिले उद्धारकार्य जारी छ । उक्त समयमा पुलमा हिँडिरहेका तीन जना भेरी नदीमा खसेर बेपत्ता भएका छन् भने अन्य ८ जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते भएका ३ जनालाई हेलिकोप्टरमार्फत उपचारका लागि ल्याउने तयारी भइरहेको छ । त्यस्तै बेपत्ताहरूको पनि खोजीकार्य भइरहेको छ ।

beli bridge21681982975.jpg

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १५:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार