Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्रीको भारत भ्रमण तय भएको छैन : सञ्चारमन्त्री

बिहीबार, वैशाख ७, २०८०

काठमाडौं–सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण तय भइनसककेको जानकारी दिएको छ । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्रीको भारत भ्रमण अहिलेसम्म तय नभएको बताएकी छन् । 

बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले अहिले प्रधानमन्त्री भारत भ्रमणमा जाने भन्ने कुरा भए पनि टुंगो नलागेको स्पष्ट पारिन् ।

‘प्रधानमन्त्रीको भारत भ्रमण हुने भन्ने कुरा छ । तर मिति तय भइसकेको छैन’, उनले भनिन्, ‘भारत छिमेकी राष्ट्र हो । छिमेकी देशको भ्रमणमा प्रधानमन्त्री जाँदा कस्ता विषयहरुमा छलफल गर्ने भनेर मन्त्रालयहरुबाटै तयारी गरेर मन्त्रिपरिषद्बाट निर्णय भएर नै छलफलका विषयहरु छनोट हुने हो ।

मन्त्री शर्माले भारत भ्रमणमा दुईदेशीय हित, सीमासम्बन्धी विषयहरु, कृषि, पूर्वाधार विकासलगायत विषयहरुमा नियमित संवाद नै हुन सक्ने बताइन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १७:३८
प्रतिक्रिया दिनुहोस्