Nic Ad Nic Ad
Nic Ad Nic Ad

मिटरब्याज पीडितलाई आन्दोलन फिर्ता लिन सरकारको आग्रह

बिहीबार, वैशाख ७, २०८०

काठमाडौं–सरकारले मिटरब्याज पीडितलाई आन्दोलन फिर्ता लिन आग्रह गरेको छ । 

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले न्याय दिने प्रक्रिया सुरु भइसकेको भन्दै आन्दोलन फिर्ता लिएर सहयोग गर्न आग्रह गरिन् ।  

‘मिटरब्याज पीडितलाई न्याय दिन सरकारले कदम चालिसकेको छ’, उनले भनिन्, ‘उजुरी दिएर सरकारलाई सहयोग गरिदिनु होला ।’ 

सरकारले लिएको अग्रसरतालाई निरुत्साहित पार्ने गरी आन्दोलन नगर्न पनि उनले आग्रह गरिन् । 

मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न सरकारले कानुन निर्माणको प्रक्रिया अगाडि बढाएको जानकारी दिँदै उनले सो समस्या समाधान गर्न उच्चस्तरीय आयोग बनाइएको बताइन् । 

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १७:४४
प्रतिक्रिया दिनुहोस्