उपनिर्वाचन अपडेट : मौन अवधि लागू
काठमाडौँ– उपनिर्वाचनको मौन अवधि आज बिहानदेखि लागू भएको छ ।
निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार गएराति १२ बजेबाट मौन अवधि लागू भएको हो ।
निर्वाचन आचारसंहिताअनुसार अब कुनै पनि चुनावी प्रचारप्रसार गर्न नपाइने छैन ।
निर्वाचन हुनुभन्दा ४८ घण्टाअघिबाट प्रचारप्रसार गर्न निषेध गरिएको हो ।
आउँदो वैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन २ र तनहुँ १ मा उपनिर्वाचन हुँदैछ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८० ०७:४६
प्रतिक्रिया दिनुहोस्