Nic Ad Nic Ad
Nic Ad Nic Ad

मेयर बालेनले नेपाल प्रहरीलाई उपलब्ध गराए ६ करोड

शुक्रबार, वैशाख ८, २०८०

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहले नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ उपलब्ध गराएका छन् ।

उनले काठमाडौँ सहरका चौक–चौकमा सिसी क्यामेरा जडान गर्न ६ करोड उपलब्ध गराएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

स्थानीय चुनावअघिको प्रतिबद्धताअनुरूप चौक–चौकमा सिसी क्यामेरा जडान गर्न लागिएको मेयर साहले स्पष्ट पारेका छन् ।

‘चुनाव पहिले मैले भनेको थिए चौक–चौकमा सिसी क्यामेरा हाल्नेछु, यसको सुरुवात हामीले जडान र सञ्चालनको लागि नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ उपलब्ध गराएको छौँ,’ उनले फेसबुकमा लेखेका छन् ।

यो सुरुवात मात्र भएको बताउँदै मेयर बालेनले नेपाल प्रहरीसँग भविश्यमा अझै धेरै सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

‘सहरको शान्ति सुरक्षा, अपराध नियन्त्रण, दुर्घटना, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदुषण, सार्वजनिक सम्पत्तिको उपयोगजस्ता सहरी सुशासन र महानगरपालिकाको कार्य सम्पादनलाई सूचना प्रविधि प्रणालीमा आबद्ध गराउन महानगरपालिकाले नेपाल प्रहरीलाई उपलब्ध गराउन लागेको हौँ,’ सहकार्यको तस्बिर राख्दै उनले भनेका छन्, ‘यो सुरुवात मात्र हो हामी भविश्य अझै धेरै सहकार्य गर्नेछौँ ।’
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  ०८:०३
प्रतिक्रिया दिनुहोस्