नेपालले तेस्रो विकेट गुमायो
काठमाडौँ– एसिसी प्रिमियर कप क्रिकेटअन्तर्गत ओमानविरुद्धको जारी खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ ।
कप्तान रोहित पौडेल २३ रनमा आउट भएका हुन् । उनले ३४ बल खेलेका थिए ।
यसअघि नेपालले खाता नखोली २ विकेट गुमाएको थियो ।
ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख शून्य रनमै आउट भएका थिए ।
त्यसपछि आएका कप्तान पौडेल र भीम सार्कीले इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । अहिले पौडेल आउट भएका छन् ।
नेपालले तेस्रो विकेट गुमाउँदा १७.१ ओभरमा ५४ रन बनाएको थियो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८० १०:२६
प्रतिक्रिया दिनुहोस्