नेपालले चौथो विकेट गुमायो, भीम आउट
काठमाडौँ– एसिसी प्रिमियर कप क्रिकेटअन्तर्गत ओमानविरुद्धको जारी खेलमा नेपालले चौथो विकेट गुमाएको छ ।
भीम सार्की ५६ बलमा ३३ रन बनाउँदै आउट भएका हुन् ।
यसअघि कप्तान रोहित पौडेल २३ रनमा आउट भएका थिए । उनले ३४ बल खेलेका थिए ।
त्यसअघि नेपालले खाता नखोली २ विकेट गुमाएको थियो ।
ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख शून्य रनमै आउट भएका थिए ।
त्यसपछि आएका कप्तान पौडेल र भीम सार्कीले इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । अहिले दुवै आउट भएका छन् ।
नेपालले चौथोे विकेट गुमाउँदा २०.३ ओभरमा ७२ रन बनाएको थियो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८० १०:४०
प्रतिक्रिया दिनुहोस्