Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुडानमा विद्रोही समूहद्वारा युद्ध बिराम

शुक्रबार, वैशाख ८, २०८०

काठमाडौं– सुडानको विपक्षी अर्धसैनिक समूह र्यापिड सपोर्ट फोर्सले एक पक्षीय रुपमा ७२ घण्टे युद्ध बिराम घोषणा गरेको छ ।

एक हप्तादेखि राजधानी खार्तुमा नै चर्किएको सत्ता संघर्षकाबीच इद उल फितर पर्वलाई लक्षित गर्दै आरएसएफले एक पक्षीय युद्ध बिरामको घोषणा गरेको हो । स्थानीय समय अनुसार शुक्रबार बिहान ६ बजेदेखि सुरु हुने युद्ध बिराम ७२ घण्टासम्म रहने पनि सोही समूहले जनाएको छ ।

शुक्रबार बिहानै पनि खार्तुममा भीषण बमबारी भएको छ । त्यसका लागि सरकारी सेना र विपक्षीले एक– अर्कालाई आरोप लगाएका छन् । सत्ता संघर्ष चर्किदै जाँदा हजारौं सर्वसाधारणले खार्तुम छाडिरहेका छन्।

युद्ध बिरामको मौका छोपेर अझै धेरै सर्वसाधारण शहरबाट बाहिरने अनुमान गरिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  १२:०२
प्रतिक्रिया दिनुहोस्