Nic Ad Nic Ad
Nic Ad Nic Ad

सन्दीपले बनाए विश्व कीर्तिमान

शुक्रबार, वैशाख ८, २०८०

काठमाडौं– एसिसी प्रिमियर कपअन्तर्गत जारी खेलमा नेपालका सन्दीप लामिछाने विश्व कीर्तिमान बनाएका छन् । 
लेग स्पिनर सन्दीपले एकदिवसीय (ओडिआई) अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो १०० विकेट पूरा गर्ने विश्व कीर्तिमान बनाएका हुन् ।

उनले ४१ एकदिवसीय ओडिआई खेलमा ओमानका आदिल साफिकीलाई आउट गरेर १०० विकेट लिएका छन् । 

ओडिआईमा सर्वाधिक कम खेलमा १०० विकेट लिने कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा छ । खानले ४४ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा १०० विकेट पूरा गरेका थिए ।

सन् २०१८ मा राशिदले बनाएको उक्त कीर्तिमान तोड्न सन्दीपले अबका दुई खेलमा एक विकेट लिनु पर्नेछ । त्यो आजै ओमानविरुद्ध सम्भव देखिन्छ ।

नेपालले कीर्तिमानी ३१० रन बनाउँदै ओमानलाई ३११ रनको विशाल लक्ष्य दिएको छ । अहिले ओमान लक्ष्य पछ्याइरहेको छ र सन्दीपले बलिङ गर्न बाँकी नै छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  १३:४३
प्रतिक्रिया दिनुहोस्