ओमानले गुमायो पाँचौं विकेट, नेपाल जिततर्फ अग्रसर
काठमाडौं–एसिसी मेन्स प्रिमियर क्रिकेट कप अन्तर्गत ओमानले पाँचौं विकेट गुमाएको छ ।
दीपेन्द्रसिंह ऐरीले पाँचौं विकेट लिएका हुन् । ऐरीले २२.५ ओभरमाओमानका आयान खानलाई आउट गरे । खानले २८ बलमा २९ रन बनाए ।
यसअघि नेपालका लागि सन्दीप लामिछानेले तीन र ललित राजवंशीले एक विकेट लिएका थिए । खेल जारी रहँदा ओमान ३० ओभरमा ५ विकेट गुमाए मात्र १२५ रन बनाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३१० रन बनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८० १५:१६
प्रतिक्रिया दिनुहोस्