मैदानमा सन्दीपको ‘सेलेब्रेसन’ [तस्बिर कथा]
काठमाडौं–पूर्वकप्तान सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट पूरा गरेर कीर्तिमान बनाएका छन् । कीर्तिमान बनाएपछि उनले मैदानलाई ढोगे । दुर्लभ कीर्तिमान बनाएपछि सन्दीपले क्रिकेट मैदान ढोगेर खुसी साटे । त्यसक्रममा उनलाई नेपाली क्रिकेट टोलीका सदस्यहरुले बोकेर हौसला बढाए ।
सन्दीपले एसीसी प्रिमियर कपमा ओमानका आदिल सफिकलाई एलबिडब्लू आउट गर्दै १०० विकेट लिएर कीर्तिमान बनाए । सन्दीपले ४२ खेलमा १०० विकेट लिएका हुन् ।
१०० विकेट लिएसँगै सन्दीपलाई टिमका अन्य खेलाडीहरूलाई काँधमा बोकेर खुसीयाली मनाएका थिए । १०० विकेट लिएका सन्दीपले दर्शकसामु अभिवादन पनि गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८० १५:२७
प्रतिक्रिया दिनुहोस्