नेभिगेशन
अटोमोबाइल्स

प्रभु बैंक, आर एण्ड डि इनोभेटिभ सोलुशन र इनफिकेयर प्रालीबीच कृषि कर्जामा लगानीसम्बन्धि सम्झौता

काठमाडौं–प्रभु बैंक लिमिटेड, आर एण्ड डि इनोभेटिभ सोलुशन र इनफिकेयर प्रालीबीच किसानहरूलाई सुलभ वित्तीय कर्जा उपलब्ध गराउने विषयमा त्रिपक्षीय सम्झौता भएको छ । 

सम्झौता पत्रमा आर एण्ड डि इनोभेटिभ सोलुशनकी प्रमुख कार्यकारी अधिकृत सुनिता न्हेम्हाफूकी तथा इनफिकेयर प्रालीका निर्देशक सविन मानन्धर तथा बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत दिनेश थकालीले हस्ताक्षर गरे ।

सम्झौता अनुसार किसानहरूलाई सहज ढङ्गले वित्तीय कर्जा उपलब्ध गराउन ३ संस्थाबीच त्रिपक्षीय सम्झौता भएको हो । यस साझेदारीको मुख्य उद्देश्य किसानहरूको व्यवसाय विकास र विस्तारमा केन्द्रित गर्ने रहेको छ ।  

साथै, समाजमा उच्चस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्य लिई ३६५ शाखा कार्यालयहरू ७१ एक्स्टेन्सन काउन्टर तथा ३०९ एटीएमसहित फराकिलोे पहुँच रहेको प्रभु बैंक लिमिटेडले उक्त सम्झौता अनुरुप किसानहरूलाई कर्जा उपलब्ध गराउन सहजता प्रदान गर्नेे विश्वास लिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अटोमोबाइल्स