Nic Ad Nic Ad
Nic Ad Nic Ad

उपनिर्वाचन : निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा

शुक्रबार, वैशाख ८, २०८०

काठमाडौँ– प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा दिइएको छ ।

गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो । बारा जिल्ला क्षेत्र नं २, चितवन जिल्ला क्षेत्र नं २ र तनहुँ जिल्ला क्षेत्र नं १ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।

मतदानस्थल रहेका विद्यालय तथा सरकारी निकायमा भने वैशाख ८ गतेदेखि १० गतेसम्म तीन दिन बिदा हुने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  २०:१०
प्रतिक्रिया दिनुहोस्