नेभिगेशन
समाज विविध

काठमाडौँको टोखामा आगलागी, ५ सटर जलेर नष्ट

काठमाडौँ– काठमाडौँको टोखामा आगलागी हुँदा पाँच सटर जलेर नष्ट भएको छ । गत साँझ अन्दाजी ७ बजेतिर ग्राण्डी अस्पताल नजिक मासु पसलमा लागेको आगलागीले पाँच सटर जलेर नष्ट भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले मासु पोल्दा प्रयोग हुने आगोको झिल्को अन्य ठाउँमा फैलिँदा पाँच सटर आगलागी भएर नष्ट भएको राससलाई जानकारी दिए ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, दमकल र पानीको ट्याङ्करको सहायताले अहिले उक्त आगलागी नियन्त्रणमा आएको छ । आगलागीबाट कति क्षति भयो भन्नेबारे अहिलेसम्म खुलेको छैन ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा