नेभिगेशन
समाज विविध
आजको मौसम :

पश्चिम तराईका थोरै स्थानमा हावा–हुरीको सम्भावना 

काठमाडौँ– आज दिउँसो कोसी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोसी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का-क्षणिक वर्षाको  सम्भावना रहेको छ । अपरान्हपछि पश्चिम तराईका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ ।

‘यस्तै राति कोसी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जनचट्याङसहित हल्का-क्षणिक वर्षाको सम्भावना रहेको छ,’ महाशाखाले आज बिहान जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता