Nic Ad Nic Ad
Nic Ad Nic Ad

उपनिर्वाचन अपडेट : चितवनमा लामो दूरीका सवारी साधन मात्रै चल्ने

शनिबार, वैशाख ९, २०८०

काठमाडौँ– चितवन क्षेत्र नं २ को उपनिर्वाचनका लागि यस क्षेत्रमा स्थानीय रुटका सवारी साधन आवागमन बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै लामो दूरीका सवारी साधनबाहेक अन्य सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । 

लामो दूरीका सवारी साधनलाई पनि समूहमा मात्रै सुरक्षा निगरानीसहित नारायणगढतर्फ पठाइने सूचनामा उल्लेख छ ।

प्रहरीले चितवनको सिमाना धादिङतर्फको मौवा खोला, मुग्लिन, नारायणगढको पुलचोक र गोन्द्राङ चोकमा चेकजाँच गरी केही समयको अन्तरालमा मात्रै समूहमा मात्रै सवारी साधनलाई गन्तव्यमा पठाइने प्रशासनले जनाएको छ ।

चितवन प्रशासनले नारायणी पुलमा पर्नसक्ने सवारी साधनको जामको असरलाई न्यूनीकरण गर्न नवलपरासी पूर्वको गैँडाकोट क्षेत्रमा कडा चेकजाँच गरेर लामो दूरीका सवारी साधन यकिन गरेर मात्रै पठाउन भनिएको जनाएको छ । 

वैशाख १० गते जिल्ला प्रशासनबाट अनुमति प्राप्त सवारी साधन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, पत्रकारका सवारी साधन मात्र सञ्चालन गर्न पाइने चितवन प्रशासनले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  ०८:३१
प्रतिक्रिया दिनुहोस्