Nic Ad Nic Ad
Nic Ad Nic Ad
आइपिएल :

हैदराबादलाई हराएर चेन्नाई तेस्रो स्थानमा उक्लियो 

शनिबार, वैशाख ९, २०८०

काठमाडौँ– चेन्नाई सुपर किंग्स भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल)मा सनराइजर्स हैदराबादलाई हराएको छ ।

चार पटकको विजेता चेन्नाईले घरेलु मैदान एमए चितम्बरम् रंगशालामा गएराति हैदराबादलाई ७ विकेटले पराजित गरेको हो । 

हैदराबादले दिएको १३५ रनको लक्ष्य चेन्नाईले १८ दशमलब ३ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो । 

चेन्नाईको जितमा ओपनर डेभन कन्वेले अविजित अर्धशतकीय पारी खेले । उनले ५७ बलमा १२ चौका र १ छक्कको सहयोगमा ७७ रन बनाए ।

कन्वेले ३३ बलमा अर्धशतक पूरा गरेका हुन् । 

यस्तै, अर्का ओपनर ऋतुराज गाल्कवाडले ३० बलमा ३५ रन बनाए । 

यसैगरी, अजिक्य राहणे अम्बाती रायडूले समान ९ तथा मोइन अलीले ६ रन जोडे ।

हैदराबादका लागि मायांक मारकन्डेले सर्वाधिक २ विकेट लिए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३४ रन मात्र बनायो । 

हैदराबादका लागि अभिषेक शर्माले २६ बलमा सर्वाधिक ३४ रन बनाए । 

प्लेयर अफ दी म्याच भएका चेन्नाईका लागि रवीन्द्र जडेजाले ३ तथा मथिशा पथिराना, महेश थिक्सना र आकाश सिंहले समान १–१ विकेट लिए ।

छैटौँ खेलमा चौथो जित हात पारेको चेन्नाई ८ अंक अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

छैटौँ खेलमा चौथो हारका साथ १ पटकको विजेता हैदराबाद अंक तालिकामा पुछारबाट नवौँ स्थानमा रहेको छ ।

प्रतियोगितामा १० टोली सहभागी छन् ।

प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  ०८:५९
प्रतिक्रिया दिनुहोस्