Nic Ad Nic Ad
Nic Ad Nic Ad

यस्तो छ तनहुँ, चितवन र बारा उपनिर्वाचनको नमुना मतपत्र

शनिबार, वैशाख ९, २०८०

काठमाडौं –आइतबार हुने ३ वटा निर्वाचन क्षेत्रको उपनिर्वाचनको नमूना मतपत्र सार्वजनिक भएको छ । भोलि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ मा मतदान हुँदैछ । उपनिर्वाचनका लागि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा मतपत्र लगायतका निर्वाचन सामग्री पठाइसकिएको निर्वाचन आयोगले जनाएको छ ।  

तनहुँमा ९ जना उम्मेदवारहरुबीच प्रतिस्पर्धा हुँदैछ भने चितवनमा २२ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ । यस्तै बारामा सबैभन्दा धेरै ३४ जना उम्मेदवारहरुबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । मतदानपूर्व निर्वाचन आयोगले नमुना मतपत्र सार्वजनिक समेत गरेको छ ।   

नमुना मतपत्रमा राजनीतिक दलले संसदमा पाएको स्थानमा आधारमा क्रमशः चुनाव चिन्ह राखिएको छ । यो उपनिर्वाचनको मतपत्रमा माओवादी केन्द्रको भने चुनाव चिन्ह रहेको छैन । गठबन्धन दललाई माओवादीले सघाएर उम्मेदवारी नदिएका कारण ३ क्षेत्रको उपनिर्वाचनको मतपत्रमा माओवादीको उपस्थिति छैन ।
 

प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  १४:१९
प्रतिक्रिया दिनुहोस्