Nic Ad Nic Ad
Nic Ad Nic Ad

उपनिर्वाचन : ३ जिल्लाका विद्यालयमा ३ दिन सार्वजनिक बिदा

शनिबार, वैशाख ९, २०८०

काठमाडौं – सरकारले बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र २ र तनहुँ जिल्लाको क्षेत्र नं १ का मतदानस्थल रहेका विद्यालयहरूमा तीन दिन सार्वजनिक बिदा दिएको छ ।

प्रतिनिधि सभा सदस्य उपनिर्वाचन हुने भएकाले सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले बताए ।

निर्वाचन हुने ती क्षेत्रका मतदानस्थल रहेको विद्यालय र सरकारी निकायहरूमा वैशाख ८ गतेदेखि १० गतेसम्म र मतदान हुने दिन वैशाख १० गते आइतबार सार्वजनिक बिदा दिइएको छ । प्रतिनिधि सभा सदस्य उपनिर्वाचन वैशाख १० गते हुँदैछ ।  
 

प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  १४:५७
प्रतिक्रिया दिनुहोस्