Nic Ad Nic Ad
Nic Ad Nic Ad

चितवनमा मतदान केन्द्र तयार, २ दिनभित्रै मतगणना सकिने

शनिबार, वैशाख ९, २०८०

चितवन–चितवन–२ मा आइतबार हुने उपनिर्वाचनको मतदानका लागि मतदान केन्द्रहरू तयार भएका छन् । 

गर्मी निकै बढेका कारण मतदान केन्द्रमा घाम छेक्न टेन्टको पनि व्यवस्था गरिएको छ । साथै सुरक्षित तवरमा मतगणना सम्पन्न गर्न गणक र दलका प्रतिनिधिबीच तारबारको घेरा तयार गरिएको छ ।

चितवनमा मतदान स्थल ४३ र मतदान केन्द्र १३८ रहेको निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले बताए । सबै मतदान स्थलमा मतदान केन्द्रहरू तयार भइसकेको चितवन–२ का सहायक निर्वाचन अधिकृत इश्वर आचार्यले जानकारी दिए ।

सुरू भएको दुई दिनभित्र गणना सक्ने तयारी गरेको उनको भनाइ छ । चितवन–२ मा एक लाख २४ हजार ६९५ मतदाता कायम भएका छन् । भरतपुरको चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा मतगणना हुने छ ।

चितवन–२ मा दलबाट १२ र स्वतन्त्र १० गरी कुल २२ उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  २०:०४
प्रतिक्रिया दिनुहोस्