Nic Ad Nic Ad
Nic Ad Nic Ad

बुद्ध जन्मस्थलमा सरसफाई अभियान

शनिबार, वैशाख ९, २०८०

रूपन्देही–२५६७ औं बुद्ध जयन्तीको अवसर पारेर बुद्ध जन्मस्थलमा ‘लुम्बिनी सरसफाई अभियान’ २०८० सुरु गरिएको छ ।

शनिबार लुम्बिनी विकास कोषले शान्तिदीप, मायादेवी मन्दिरको बाहिरी क्षेत्र, मुख्य नहर क्षेत्रसहित ४ नम्बर र ५ नम्बर गेट वरपरको क्षेत्रमा सफाई गरेर अभियानको शुरुवात गरेको हो ।

‘ग्रीन लुम्बिनी क्लिन लुम्बिनी’ भन्ने नाराका साथ बुद्ध जन्मस्थललाई सफा र स्वच्छ राख्ने उद्देश्यले अभियान सुरु गरिएको कोषका सदस्य सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए । उनले अन्तर्राष्ट्रिय पर्यटकीय स्थललाई सफा राख्नका लागि कोषसँगै स्थानीयहरु समेत जागरुक हुनुपर्ने बताए ।

कोषले नियमित रुपमा सफाई गर्दै आएपनि ४ नम्बरदेखि ५ नम्बर गेटसम्म फाहोर चुनौतीपूर्ण बनेको छ । शनिबार कोषका पदाधिकारी र कर्मचारीहरु हातमा कुचो बोकेर उक्त फोहर डम्पिङ साईट जस्तै बनेको क्षेत्रमा सफाई गरेका छन् ।

यसअघि पटकपटक फोहर नफाल्न आग्रह गरिए पनि फोहोर थुप्रिन नछोडेपछि कोषले आफैले सरसफाई अभियान सुरु गर्दै लुम्बिनीलाई सफा राख्न सन्देश दिएको सदस्य सचिव शाक्यले बताए ।

लुम्बिनी होटल संघका महासचिव पुरुषोत्तम अर्यालले ५ नम्बर गेट अगाडि फोहोरका विषयमा पटकपटक छलफल भए पनि यसको दीगो व्यवस्थापन हुन नसक्दा समस्या देखिएको बताए ।

प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  २०:५०
प्रतिक्रिया दिनुहोस्