Nic Ad Nic Ad
Nic Ad Nic Ad

चितवन–२ : १०.३० बजेसम्म १६ प्रतिशत मतदान

आइतबार, वैशाख १०, २०८०

चितवन–चितवन-२ मा बिहान साढे १० बजेसम्म १६ प्रतिशत मतदान भएको छ ।

४३ मतदान स्थल र १३८ मतदान केन्द्र रहेको यस क्षेत्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको मतदान शान्तिपूर्ण रूपमा जारी छ ।

अहिलेसम्म शान्तिपूर्ण मतदान भइरहेको निर्वाचन अधिकृत चितवन जिल्ला अदालतका न्यायाधीस बासुदेव न्यौपानेले जानकारी दिए । उनकाअनुसार ५ बजेसम्म मतदान जारी रहने भएकोले ७० प्रतिशत मत खस्न सक्ने छ ।

सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेका रामप्रसाद न्यौपाने मुख्य प्रतिस्पर्धामा छन् ।

१ लाख २४ हजार ६९५ मतदाता रहेको सो क्षेत्रमा २२ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  १०:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार