नेभिगेशन
अर्थ विविध

सुनको मूल्य घट्यो

काठमाडौं –साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको छ ।

यस दिन छापावाल सुन तोलाको एक लाख नौ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलाको एक लाख १० हजार २०० मा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको एक लाख आठ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ४४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्