नेभिगेशन
समाचार

हस्ताक्षर नभएको मतपत्रसहित जसपा कार्यकर्ता

बारा–बारा –२ को एउटा मतदान केन्द्रबाट जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्ता हस्ताक्षर नभएको मतपत्रसहित पक्राउ परेका छन् । 

बाराको देवताल गाउँपालिका–७ स्थित वडा कार्यालय पिपरवती जब्दीमा रहेको मतदान केन्द्रबाट रामसागर यादवलाई हस्ताक्षर नभएको मतपत्रसहित प्रहरीले पक्राउ गरेको हो । उनीसँग दुई वटा मतपत्र भेटिएको र त्यसमा मतदान अधिकृतको हस्ताक्षर नभएको प्रहरीले जनाएको छ ।

उनी जिल्ला समन्वय समितिका सदस्यसमेत छन् । यादवसँग दुई वटा मतपत्र फेला परेसँगै यो मतदान केन्द्रमा केही समय मतदान रोकिएको थियो । तर उनलाई प्रहरीले नियन्त्रण लिएर पुनः मतदान सुरु गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार