Nic Ad Nic Ad
Nic Ad Nic Ad

तनहुँ–१ : सत्ता गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईले गरे मतदान

आइतबार, वैशाख १०, २०८०

तनहुँ –तनहुँ –१ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले मतदान गरेका छन् । उनले व्यास नगरपालिका स्थित –११ बेल्टारीस्थित तनहुँ आधारभूत प्रावि मतदान केन्द्रमा मतदान गरेका हुन् ।

उनले मतदानपछि सामाजिक सञ्जाल फेसबुकमार्फत मतदान स्थलमा गएर सबैलाई आफ्नो मताधिकारको प्रयोग गर्नसमेत अनुरोध गरेका छन् । यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्य बनेका रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएसँगै उपनिर्वाचन हुन लागेको हो । यस क्षेत्रमा नेकपा एमालेका तर्फबाट सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट डा. स्वर्णिम वाग्ले उम्मेदवार छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  १२:२५
प्रतिक्रिया दिनुहोस्