Nic Ad Nic Ad
Nic Ad Nic Ad

उपनिर्वाचन अपडेट : चितवन–२ मा साढे १२ बजेसम्म ३७ प्रतिशत मतदान

आइतबार, वैशाख १०, २०८०

चितवन –चितवन –२ मा भइरहेको उपनिर्वाचनमा मध्यान्ह साढे १२ बजेसम्म ३७ प्रतिशत मतदान भएको छ । सहायक मतदान अधिकृत ईश्वरी आचार्यले साढे १२ बजेसम्म ३७ प्रतिशत मतदान भएको जानकारी दिए । 

चितवनमा शान्तिपूर्ण ढंगले मतदान भइरहेको छ । यस क्षेत्रमा ४३ मतदान स्थलका १३८ केन्द्रमा मतदान भइरहेको छ । 

यहाँ एक लाख २४ हजार छ सय ९५ जना मतदता छन् । 

यस क्षेत्रमा लोकतान्त्रिक–वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने उम्मेदवार छन् । उनीहरूसँगै २२ उम्मेदवार चुनावी मैदानमा छन् ।
 

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  १२:५८
प्रतिक्रिया दिनुहोस्