एसीसी प्रिमियर कप : यूएईले सिंगापुरलाई दियो ४७२ रनको विशाल लक्ष्य
काठमाडौं – कप्तान मोहम्मद वासिम र वृत्या अरविन्दको शतकप्रेरित यूएईले एसीसी प्रिमियर कपको समूह ‘बी’मा आइतबार सिंगापुरलाई चार सय ७२ रनको विशाल लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको यूएईले ५० ओभरमा सबै विकेट गुमाउनुअघि ४७१ रनको विशाल स्कोर बनाएको छ।
यूएईका लागि ओपनिङमा आएका वासिमले ८२ बलमा ९ चौका र १६ छक्कासहित एक सय ६० रनको शानदार इनिङ खेले ।
यस्तै, उनीसँगै दुई सय ४६ रनको साझेदारी गर्दै विकेटकिपर–ब्याटर अरविन्दले एक सय ३३ बलमा १७ चौका र सात छक्कासहित एक सय ७४ रनको उत्कृष्ट इनिङ खेले ।
यस्तै, आयान अफजल खानले ५० बलमा ९ चौका र तीन छक्कासहित ७४ रनको इनिङ खेल्दा अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।
सिंगापुरका लागि अद्वित्य भारगवाले सर्वाधिक चार विकेट लिए ।
प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८० १३:२३
प्रतिक्रिया दिनुहोस्