उपनिर्वाचन अपडेट : चितवनको नयाँकिरण माविमा मतदान अवरुद्ध
चितवन –भरतपुर महानगरपालिका वडा नं– ११ स्थित नयाँकिरण माविमा मतदान रोकिएको छ । मतदान स्थलमा नाराबाजी भएपछि मतदान रोकिएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नम्बर २ का उपनिर्वाचन उम्मेदवार रवि लामिछानेका समर्थकहरुले नाराबाजी गरेका हो । । नाराबाजी गर्दै आएका रास्वपा समर्थकहरुलाई नेकपा एमालेको समर्थकहरुले रोक्दा तनाव सिर्जना भएको थियो ।
मतदानस्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संख्या ठूलो मात्रामा थप गरिएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८० १३:४२
प्रतिक्रिया दिनुहोस्