Nic Ad Nic Ad
Nic Ad Nic Ad

उपनिर्वाचन : साढे १ बजेसम्म बारा–२ मा ३७ प्रतिशत मतदान

आइतबार, वैशाख १०, २०८०

बारा –बारा–२ को उपनिर्वाचनमा साढे १ बजेसम्म ३७ प्रतिशत मत खसेको छ ।

मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार दिउँसो साढे १ बजेसम्म ३७ प्रतिशत मत खसेको हो ।  

उनका अनुसार अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण  मतदान भइरहेको छ ।

बारा २ को उप निर्वाचनमा सत्तारूढ गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका तर्फबाट शिवचन्द्र कुसवाहा, नेकपा (एमाले)बाट पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रमेश खरेल र अजपाका उम्मेदवार अरुण कुमार ज्ञवाली लगायत ३४ जनाले उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  १३:४९
प्रतिक्रिया दिनुहोस्