Nic Ad Nic Ad
Nic Ad Nic Ad

दिउँसो साढे २ बजेसम्म कहाँ कति मतदान भयो ?

आइतबार, वैशाख १०, २०८०

काठमाडौं- प्रतिनिधिसभा सदस्य चयनका लागि ३ निर्वाचन क्षेत्रमा उपनिर्वाचन जारी छ । बारा –२, चितवन –२ र तनहुँ –१ मा मतदान जारी छ । 

दिउँसो साढे २ बजेसम्म चितवनमा ५१ प्रतिशत मत खसेको छ । चितवनमा एमालेका रामप्रसाद न्यौपाने,कांग्रेसका जितनारायण श्रेष्ठ,रास्वपाका रवि लामिछानेलगायत उम्मेदवार प्रतिस्पर्धामा छन् । चितवन–२ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछाने नागरिकता विवादमा मुछिएपछि उनको सांसद पद गुमेको थियो । रिक्त सोही स्थानका लागि पुनः मतदान हुन लागेको हो ।

यस्तै बारामा ३८ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । बारामा जसपाका उपेन्द्र यादव, जनमतका शिवचन्द्र कुशवाहा, एमालेका पुरुषोत्तम पौडेल, रास्वपाका रमेश खरेल, आमजनता पार्टीका अरुण ज्ञवालीलगायत उम्मेदवार प्रतिस्पर्धामा छन् । उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएपछि  बारा २ मा उपनिर्वाचन भएको हो ।

तनहुँमा ४० प्रतिशत मत खसेको छ । तनहुँमा कांग्रेसका गोविन्द भट्टराई, एमालेका सर्वेन्द्र खनाल, रास्वपाका डा.स्वर्णिम वाग्लेलगायत प्रतिस्पर्धी चुनावी मैदानमा छन् । 

तनहुँ १ का प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त स्थानका लागि उपनिर्वाचन हुन लागेको हो । 

मतदान सकेसँगै मतगणना सुरू गर्ने आयोगको तयारी छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  १५:१७
प्रतिक्रिया दिनुहोस्