Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेकपातिरै फर्कने प्रचण्डको संकेत

आइतबार, वैशाख १०, २०८०

काठमाडौं –प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले केही दिनभित्रै समाजवादी मोर्चा गठन गरिने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले यो मोर्चाले सबैलाई नेकपातिर फर्कन अपिल गर्ने पनि विश्वास दिलाए । उनले नेकपा हिजो एकाध नेताको कारणले दुर्घटनामा परेको भएपनि लाखौं कार्यकर्ता र जनताले अनुमोदन गरेको एकता भएको उल्लेख गरे ।

नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५औं वर्षको अवसरमा नेकपा (एकीकृत समाजवादी) ले आयोजना गरेको नेपाली कम्युनिष्ट आन्दोलन ः उपलब्धि, चूनौति र सम्भावना विषयक विचार गोष्ठीमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने,‘त्यो एकता हामीद्वारा प्रस्तावित हो । हामीले अब देशको आवश्यकत्तालाई हेरौं । आग्रह वा पूर्वाग्रहमा नजाऔं ।’ उनले अब विचारात्मक रुपमा आत्मसमीक्षा गर्न जोड दिए ।

‘अहिले माधव कमरेड र हामीहरूसहित थुप्रै नेताहरूसँग जे छलफल भइरहेको छ । हामी भनिरहेका छौं नेकपातिरै फर्किनुपर्छ । कम्युनिष्ट पार्टीमा नेतृत्वलाई कि (चाबी) भन्ने गरिन्छ र हो पनि । नेतृत्वले गलत विचार अगिंकार ग¥यो भने ठूलो क्षति हुन्छ,’ उनले भने ।

देशभक्त कम्युनिष्टहरूलाई राष्ट्रिय स्वाधीनताको सुदृढीकरणका निम्ति हामी एक हुन जरुरी रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘आउनुस् बसौं सँगै बिना आग्रह र पूर्वाग्रह समीक्षा गरौं । विचारधारात्मक रूपमा समीक्षा र आत्मसमीक्षा गरौं । राष्ट्रियको हितमा एकताको नयाँ पहल गरौं । त्यसले मात्रै कम्युनिष्ट आन्दोलनमा इमान्दार हुनसक्छौं ।’
 

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  १६:०७
प्रतिक्रिया दिनुहोस्