Nic Ad Nic Ad
Nic Ad Nic Ad

चितवनका २ केन्द्रमा स्थगित मतदान सुरु

आइतबार, वैशाख १०, २०८०

चितवन–प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि जारी निर्वाचनमा चितवनमा २ मतदान केन्द्रमा स्थगित मतदान सुरु भएको छ । भरतपुर–११ मा रहेको नयाँ किरण कमल कुसुम माध्यमिक विद्यालय र भरतपुर–७ को कृष्णपुर मावि मतदान केन्द्रमा मतदान स्थगित भएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थक र अन्य दलका कार्यकर्ताबीच झडप भएपछि दुवै केन्द्रको मतदान प्रभावित भएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने नयाँ किरण कमल कुसुम माध्यमिक विद्यालयमा मतदानका क्रममा अवलोकन गर्न आएपछि उनका समर्थकहरूले नाराबाजी गरेका थिए । मतदानका क्रममा नाराबाजी गर्नु आचारसंहिता विपरित रहेको भन्दै कांग्रेस र नेकपा एमालेका कार्यकर्ताले बताए पछि विवाद सृजना भएको थियो । त्यसपछि एकघन्टा मतदान स्थगित भएको थियो ।

यस्तै, भरतपुर– ७ को कृष्णपुर मावि मतदान केन्द्रमा पनि मतदान स्थगित भएको थियो । रवि लामिछानेले भीड जम्मा गरेर मतदानस्थल आएको भन्दै अन्य दलका कार्यकर्ताले अवरोध जनाएका थिए ।

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  १६:१४
प्रतिक्रिया दिनुहोस्