नेभिगेशन
समाज विविध

थप ८१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – थप ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घन्टामा देशभरबाट १३०६ नमूना परीक्षण गर्दा ८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३७० र एन्टीजेनबाट ९३६ नमुना परीक्षण गर्दा पीसीआरबाट ४१ र एन्टिजेनबाट ४० को रिपोर्ट पोजिटिभ आएको हो ।

यो अवधिमा ५४ जना संक्रमित निको भएका छन् । हाल सक्रिय कोरोना संक्रमितको संख्या ३७० पुगेको छ । मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता