Nic Ad Nic Ad
Nic Ad Nic Ad

तनहुँ–२ मा स्वर्णिम वाग्लेले ७,२९३ मत ल्याउँदा गोविन्द भट्टराईको ३,२३४

सोमबार, वैशाख ११, २०८०

काठमाडौँ- तनहुँ–१ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्लेले निकतटम् प्रतिस्पर्धी गोविन्द भट्टराईभन्दा दोब्बर मतको अग्रता बनाएका छन् ।

आइतबार रातिदेखि भएको मतगणनामा बिहान ८ बजेसम्मको मतपरिणामअनुसार कुल १३ हजार ६५ मत गन्दा वाग्लेले ७ हजार २९३ मत प्राप्त गरेका छन् । उनका निकतटम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ३ हजार २३४ मत पाएका छन् । भट्टराईभन्दा वाग्ले ४ हजार ५९ मतले अगाडि छन् ।

वाग्ले र भट्टराईलाई पछ्याइरहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले २ हजार १३४ मत प्राप्त गरेका छन् ।

१ लाख २३ हजार ३०५ मतदाता रहेको तनहुँ–१ मा उपनिर्वाचनमा ६३ हजार ७ सय ५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । यस क्षेत्रमा ९ उम्मेदवार चुनावी मैदानमा छन् ।

२ दिनभित्र अन्तिम मतपरिणाम सार्वजनिक गर्ने आयोगको तयारी छ । उपनिर्वाचन भएका बारा–२ र चितवन–२ मा भने सोमबार बिहानदेखि मात्र मतगणना सुरु हुने भएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  ०८:१५
प्रतिक्रिया दिनुहोस्