Nic Ad Nic Ad
Nic Ad Nic Ad

तनहुँ १ मा वाग्ले भट्टराईभन्दा दोब्बर बढी मतले अगाडि

सोमबार, वैशाख ११, २०८०

काठमाडौँ– तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा स्वर्णिम वाग्ले नेपाली कांग्रेसका गोविन्द भट्टराईभन्दा दोब्बरभन्दा बढी मतले अगाडि रहेका छन् ।

वाग्लेले ९ हजार १९८ मत ल्याउँदा भट्टराईले ४ हजार २१३ मात्र मत ल्याएका छन् । वाग्ले भट्टराईभन्दा दोब्बरभन्दा बढी अर्थात् ४ हजार ९८५ मतले अगाडि छन् ।

नेकपा (एमाले)का सर्वेन्द्र खनालले २ हजार ४३० तथा मंगोल नेसनल अर्गनाइजेसनका प्रेमबहादुर थापाले ७६ मत मात्र ल्याएका छन् । 
 

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  ०९:४९
प्रतिक्रिया दिनुहोस्