Nic Ad Nic Ad
Nic Ad Nic Ad

तनहुँ १ मा वाग्लेले कटाए १० हजार मत, दोब्बरभन्दा बढीको मतान्तर कायमै

सोमबार, वैशाख ११, २०८०

काठमाडौँ– तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा स्वर्णिम वाग्ले १० हजार मत कटाएका छन् ।

उनले नेपाली कांग्रेसका गोविन्द भट्टराईमाथि दोब्बरभन्दा बढी मतको अग्रता कायमै राखेका छन् । 

वाग्लेले १० हजार २५९ मत ल्याउँदा कांग्रेसका भट्टराईले ५ हजार ३ मात्र मत ल्याएका छन् । वाग्ले अझै भट्टराईभन्दा दोब्बरभन्दा बढीले अगाडि छन् । 

नेकपा (एमाले)का सर्वेन्द्र खनालले २ हजार ७९७ मात्र मत ल्याएका छन् । 
 

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  १०:२६
प्रतिक्रिया दिनुहोस्